धरान: रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा २४ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंरख्या मन्त्रालयले जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ती मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा रुपन्देहीका ९ जना पुरुष र ३ महिला गरि १२ जना छन् । पुरुषहरु २२ देखि ४१ बर्षसम्मका छन् भने महिलामा ४ बर्षीय बालिकादेखि २८ बर्ष उमेर सम्मका छन् ।
यस्तै, कपिलवस्तुमा ८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ भने पर्सामा २ जना पुरुष र एक महिलामा पनि कोरोना पुष्टि भएको छ । यसैगरि, नवलपरासीमा पनि एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता डा.अधिकारीले जानकारी दिएका छन् ।