धरान: नेपालमा तीन जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु काठमाण्डौं, धनुषा र धादिङका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट तीन संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । संक्रमितमध्ये काठमाण्डौं दहचोकका ७ बर्षीय एक बालक कोरोना संक्रमित भएको पुष्टि भएको छ भने धनुषाको जनकपुरका १७ बर्षीय महिला र धादिङका ३० बर्षीय एक महिला पनि संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि विज्ञप्तीमा खुलाइएको छ ।