धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएको र एक सुत्केरी महिलाको निधनसमेत भएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ ।

आज साँझ ५ बजे मन्त्रीपरिषद बैंठक बस्दैछ । उक्त बैठकले लकडाउनबारे निर्णय गर्नेछ । बैठकमा सीमानाकालाई अझै कडाई गर्ने र कोरोना प्रभावित क्षेत्रको आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने बारे छलफल हुने बताइएको छ । पछिल्लो समय भारतमा रेल सेवा सुचारु हुदा रोजगारीमा गएका नेपालीहरु सीमा क्षेत्रमा आएर अलपत्र परेका छन् । साथै, कतिपय नेपाल भित्रिदा उनीहरुमा नै कोरोना संक्रमण देखिएको छ । आजको बैठकमा यो बिषयमा पनि छलफल हुनेछ ।

लकडाउन सुरू भएको ५५ औं दिनमा अरू २८९ जना संक्रमित थपिएर २९१ जना पुगेका छन् । लकडाउन शुरु हुनुअघि मात्र २ जना संक्रमित पुष्टि भएको थियो । हिजो मात्र सिन्धुपाल्चोककी एक २९ बर्षीय सुत्केरी महिलाको कोरोना संक्रमणबाट निधन भएको पुष्टि सरकारले गरेको छ । नेपालमा कोरोना भाइरसले मानिसको मृत्यु भएको यो पहिलो हो । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि भोलीसम्म छ । त्यसैले पनि आज मन्त्रीपरिषद बैठकले लकडाउनबारे निर्णय गर्नेछ ।