धरान: कोरोना संक्रमित एक महिला पुष्टि भएपछि धरान उपमहानगरपालिकाले सर्तकता अपनाउन तथा लकडाउनलाई पुर्णरुपमा पालना गर्न नगरबासीमा अपिल गरेको छ ।

मेयर तिलक राईले अपिल जारी गर्दै कोभिड १९ को संक्रमणबाट धरान अछुतो रहन नसकेकोमा दुःखसमेत व्यक्त गरेका छन् । उनले घरमै बसेर स्वास्थ्यकर्मी तथा विज्ञहरुले दिएको सुझाव कार्यान्वयन गरेर कोरोना संक्रमणबाट आफु जोगिन र अरुलाई पनि जोगाउन अपिल गरेका छन् ।

dharan-press