धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु पुष्टि भएको छ ।

रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्युको पुष्टि भएको हो । उनको आज बिहान मृत्यु भएको पुष्टि अस्पताल प्रशासन एवं प्रदेश ५ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री सुर्दशन वरालले विज्ञप्तीमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आइसियुमा उपचाररत ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा मन्त्री वरालले दुःख पनि व्यक्त गरेका छन् ।

मृतक व्यक्ति कंगे देउराली आधारभुत विद्यालयका प्रअसमेत भएको पनि मन्त्री वरालले जानकारी दिएका छन् । ती व्यक्तिको हिजो नै मृत्यु भएको खबर सार्वजनिक भएपछि अस्पतालले विज्ञप्ती जारी गर्दे उपचाररत रहेको प्रष्टीकरण गरेको थियो उनी जेठ १ अस्पतालमा भर्ना भएका थिए भने भोलीपल्ट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि पनि सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको थियो ।pradesh-5