धरान: आज मुस्लिम समुदायको पर्व ईद( इद उल फित्र) हो । सामाजिक सञ्जालमा यो पर्वको शुभकामना आदनप्रदान भइरहेको छ ।

सरकार प्रमुखहरुले पनि मुस्लिम समुदायको यो पर्वमा शुभकामना सन्देशहरु दिएका छन् । यसैक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी दुवैले छुट्टा छुट्टै विज्ञप्तीमार्फत शुभकामना सन्देश दिएका छन् । एकै कार्यालयको लेटरप्याडमा मेयर र उपमेयरले छुट्टा छुट्टै सन्देश जारी गर्नुले के सन्देश दिन्छ ? छुट्टै वहस होला । किनभने, उपनिर्वाचनबाट मेयरमा तिलक राई चुनिए पछिको शुरुवाती समयमा भने दुवैले एउटै विज्ञप्ती हस्ताक्षर गरेर जारी गरेको प्रमाण पनि छ ।

ed-tilak

आज बिहान ईदको अवसरमा जारी गरेको दुवैको सन्देशमा भने त्रुटि भेटिएको छ । दुवैको शुभकामना सन्देशमा मुस्लिम धर्मावलम्बी भनेर उल्लेख छ । जबकी मुस्लिम समुदाय हुन् भने धर्म ईस्लाम हो । सन्देशमा भने तीन ठाउँमा मुस्लिम धर्मवलम्बी मात्र भनिएको छ । मुस्लिम समुदायको धर्म ईस्लामबारे विज्ञप्तीमा कतै उल्लेख छैन । इस्लाम धर्मावलम्बी हुनुपर्ने ठाउँमा पनि मुस्लिम लेखिएको छ भने मुस्लिम समुदाय हुनुपर्ने ठाउँमा पनि मुस्लिम धर्मावलम्बी नै लेखिएको छ । मुस्लिम धर्मावलम्बी कि इस्लाम धर्मावलम्बी ? यसबारे प्रतिक्रिया लिदा अञ्जुमन इस्लामियाका सचिव अफाक अहमदले भने,‘मुस्लिम समुदाय र ईस्लाम धर्मावलम्बी हुनुपर्ने हो ।’ed-manju