धरान: मुस्लिम समुदायको पर्व ईद( इद उल फित्र)को अवसरमा धरान उपमहानगरपालिकाका मेयर र उपमेयरले छुट्टा-छुट्टै विज्ञप्तीमार्फत गर्दै शुभकामना व्यक्त गरेका छन् ।

मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवदीले जारी गरेको विज्ञप्तीको व्यहोरा भने एकै खालको छ । दुवैको विज्ञप्तीमा पर्वले धरानको विकास र समृद्धिको लागि आपसी सहयोग, सकरात्मक भाव, सहिष्णुता साथै थप उर्जा मिलोस् भन्ने कामना पनि गरिएको छ । साथै,कोरोना भाइरसबाट जोगिन र सावधानीपुर्वक रहन लकडाउनको पालना उल्लंघन नगरी, सामाजिक दुरी कायम गरी आआफ्नो परिवारबीच शान्त वातावरणमा पर्व मनाउन पनि अनुरोध गरिएको छ ।