विराटनगरः हिजो साँझ विराटगनरस्थित रानी भन्सारबाट नेपाल भित्रिएका नागरिकलाई डिएभी स्कुलको होल्डिङ एरियामा राखिएको छ । प्रदेश सरकारले पालिकासँगको सहकार्यमा सीमा छेउका पालिकामा होल्डिङ एरिया बनाएको छ । जुन भारतबाट आएका नागरिकको स्वास्थ्य परिक्षण गर्दा नतिजा नआन्जेल राखिने स्थान हो । यदि कोरोना पोजेटिभ नतिजा आए सिधै आइसोलेटेड गरिएको अस्पताल पुुर्याइन्छ भने नतिजा नेगेटीभ आए कुन पालिकाका नागरिक हुन् त्यहाँका जनप्रतिनिधिको रोहवरमा पालिका लगिन्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारीले दुुबै देशबीच छलफल भइसकेको हुँदा अब नेपालमा रहेका भारतका नागरिक र भारतमा रहेका नेपाली नागरिकलाई आ आफ्नो देश फर्किन समस्या छैन । भारतमा नोवेल कारोना भाइरसको सँक्रमण दर बढिरहेको हुँदा नेपाल प्रवेश गर्ने नागरिकका कारण थप जोखिम ननिम्तियोस भन्नका लागि सबै तहका सरकारले सतर्कता अपनाएको जानकारी दिए । भुुजेलका अनुसार संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सीमाबाट आउने नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएको छ । आ आफ्नो जिम्मेवारी तोकिएको छ भने स्वास्थ्य होल्डिङ एरियामा राखि स्वास्थ्य जाँच गर्ने पहिलो प्राथमिकता रहेको छ । उनिहरुबाट थप जोखिम नहोस् भन्नकालागि प्रशासन सतर्क रहेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम प्रसाद पराजुलीका अनुसार सीमाबाट हिजो भित्रिएका २ सय ५० नागरिक मध्ये केहि पश्चिमका रहेका छन् । उनिहरुको स्वास्थ्य जाँच गरे सम्बन्धित पालिका र प्रदेश सरकारसँग जानकारी दिइ पठाइने छ ।

प्रदेश एक सरकारका प्रवक्ता हिक्मत कुुमार कार्कीले सीमासँग जोडिएका ४ जिल्लाका सिडिओसँग नेपाल आउने नागरिकको तयारी बारे गृहकार्य थाल्न निर्देशन दिइसकेको जानकारी दिए । उनले प्रदेश एकको सीमाबाट नेपाल आउने तयारीमा रहेका ३० हजार नेपालीको व्यवस्थानका लागि तयारी थालिएको जानकारी दिए ।