विराटनगरः समाजवादी पार्टीका प्रदेश एक सांसद जयराम यादवले राष्ट्रिताको गीत वालुुवाटार र सिंहदरवारमा मात्र गाउने नभइ सीमा छेउ बसेका नागरिकको मनमा पनि राष्ट्रियताको भावना जगाउने काम गर्नुुपर्ने बताएका छन् ।
प्रदेश एक सांसदको बैठकमा संसदीय दलको तर्फबाट धारणा राख्दै यादवले भारतसँगको सिमानामा काँडेतार र पर्खाल लगाउने नभइ नेपाली नागरिकको मनमा राष्ट्रियताको भावना जगाउन सके आँफै सिमा रक्षा हुने बताए । उनले मौसमी राष्ट्रवाद भन्दा यथार्थ राष्ट्रवादी बन्न समेत आग्रह गरे । ‘अझै पनि शासकहरुले धोती र टोपिको कुरा गरिरहेका छन्,’यादवले भने, ‘जातीय र समुुदाय विशेषमा प्रहार भइरहे राष्ट्रियता जोगिन सक्दैन । यस्तो पक्षलाई राज्यले कानुनी सँजायको भागीदार बनाउन ढिला गर्नुुहुन्न ।’
उनले राष्ट्रियताको प्रमाणपत्र लिन वालुुवाटर गइरहनुुपर्ने हो भन्दै प्रश्न समेत गरेका थिए । मुलुक भित्र रहेका हरेक समुुदायभित्र राष्ट्रियता जगाउने काम गर्नुु सरकारको दायित्व रहेको भन्दै नेपाली एकजुट भएर रहन सके कसैले एक इन्च भुमी पनि मिच्न नसक्ने स्पष्ट पारे । संक्रमणको क्रममा देशमा रहेका तीन तहका सरकारले राम्रो काम गर्न सकेको र त्यसमाथि स्थानीय सरकारले अब्बल काम गरेको यादवको भनाई छ । उनले प्रदेश भित्रका नागरिकको यथोचित स्वाब सँकलन गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।
सुविधा सम्पन्न र बढि नमुुना हेर्नसक्ने ल्याब स्थापनाको लागि माग गरे भने पर्याप्त स्वास्थ्य सामाग्री ल्याउन आग्रह गरे । उनले बोडर्रमा आएका नागरिकलाई अबिलम्ब चाँडो देश ल्याउन र उनिहरुको उचित स्वास्थ्य परिक्षण गराइ घर फिर्ने वातावरण बनाउन माग गरे । आउँदो बजेटमा कृषिलाई मुल प्राथमिकतामा राख्दै उत्पादनमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउन नचुुकन प्रदेश सकरारलाई आग्रह गरे ।