विराटनगरः हिजोदेखि शुरु भएको प्रदेश एकको छैटौँ अधिवेशनमा दोस्रो दिन शून्य समय लिएर २० सांसदले बोलेका छन् । शून्य समयमा आफुुलाई मन लागेको विषयमा धारणा राख्न मिल्छ । लकडाउकै बीच बजेट अधिवेशन शुरु गरेको प्रदेश सभाले चाँडो अधिवेशन सक्न एकै दिन पहिलो पटक २० सांसदले शून्य समयमा बोलेका हुन् ।
बजेट अधिवेशनको दोस्रो दिन शून्य समयमा सम्बोधन गर्ने सांसदले के के बोले त ? सम्पादीत अंश यस्तो छः
अम्बिका थापाः उदयपुर जिल्लामा बन्दी गृहको समस्या भएको छ । ४० बन्दि क्षमताको कारागरामा २ सय सम्म कैदीबन्दि राखिएको छ । त्यहाँ न्यूनतम मानवीयता रहेको देखिएन । अपराध कर्ममा जेल समय भुुक्तान गरिरहेका व्यक्तिको पनि कष्टबिना बस्न पाउने हक छ । दाउराको हार लगाएर राखिएजस्तो मान्छे राखिएको छ । यसको क्षमता बिस्तार गर्दै सुविधाहुने गरि बन्दिगृह निर्माणका लागि सरकारसँग माग गर्दछु ।
उमिता विश्वकर्माः संविधानमा छुवाछुुत अन्त्य बारे स्पष्ट व्यवस्था भएपनि रुकुम पश्चिमको घटनाले संविधानमा उल्लेखित व्यवस्थाका ठाडो उल्लंघन भएको छ । २१ औँ शताब्दिको युुगमा अन्तरजातीय प्रेमिल जोडिलाई छुटाएर हत्या गर्ने काम भएको छ । यो बर्बर घटनाको जति निन्दा गरेपनि कम हुन्छ । यस घटनामा संलग्न दोषिलाई हदैसम्म कारबाहीको माग गर्दछु ।
साथै, प्रदेश एकमा पनि धेरै दलित युवा अन्तरजातीय विवाह गरेकै कारण जेलमा रहेका छन् । सामाजिक विभेद गर्ने जघन्य अपराधलाई प्रसय नदिइयोस् र यस्ता घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसमक्ष माग गर्दछु ।
कृष्णकुमारी राईः सामाजिक सुरक्षा भत्ताको विषय अहिले सबै प्रदेशमा उठेको छ । ६० उमेर हदलाई परिमार्जन गर्न मेरो सुुझाव छ । वैदेशिक रोजगारीमा गएका युवाहरु नेपाल आउन समस्यमा परेका छन् । पहल गर्न सरकार समक्ष माग गर्दछु । विदेशमा रहेका नपालीहरुले त्यहाँ भोकमरीको समस्या हुन लाग्यो भनेर गुुनासो गरिरहेका छन् । उनिहरुलाई चाँडोभन्दा चाँडो नेपाल ल्याउन जहाज चार्टर गरौँ ।
खिनु ल्वाङवा लिम्बु: भारतसँग जोडिएका इलामका भुमिमा भारतले अतिक्रमण गरिरहेको छ । सीमा छेउका नेपालीलाई एसएसबीले हप्किदप्कि गर्ने आतंकित पार्ने काम गरिरहेको छ । नागरिक त्रसित बनेका छन् । दशगजा भित्र अन्तराष्ट्रिय मापदण्ड विपरित भारतले विभिन्न भवन बनाइरहेको छ । नेपालको भुमि मिचिएको सन्दकपुर लगाएतका स्थानमा सरकारको उपस्थिति चाहियो । समस्या समाधानका लागि पहल होस् । सरकारको ध्यानाकर्र्षण होस् । सिमानामा सुरक्षाकर्मीको उपस्थिति न्यून छ । सिमाना कायम गर्नुुपर्यो । प्रत्येक ३ –३ किलोमिटरमा विओपि पोस्ट राख्न सकियोस् । मिचिएको हाम्रो भुमिको तत्काल निरीक्षण होस् ।
गोपालचन्द्र बुढाथोकीः राज्यले कृषिलाई आत्मनिर्भर बनाउन र किसानलाई विश्वासयोग्य वातावरण बनाउनुुपर्छ । चिया किसानले मल नभएर समस्यामा छन् । धान रोपने बेलामा मलको अभाव हुने देखिएको छ । सरकारले बेलैमा सोचोस् । सहकारीहरुले उचित ढंगले गरेका छन् छैन्न भन्ने बारे अनुुगमन होस् । धानको सिजन आउन लागेको अवस्थामा मलबीउको व्यवस्थापन कसरी गर्न सकिन्छ राज्य जिम्मेवार बन्नुपर्छ ।
जयराम यादवः नेपालको नक्सामा गरिएको हेरफेर पुरा हुन् । आम नेपालीले देखेका सपना पनि पुुरा हुन् । सम्पुुर्ण आन्दोलनको मर्मअनुसार काम हो्स । गणतन्त्रको उपलब्धि पुरा होस् । शुुभकामना छ ।
नारायण बहादुर बुर्जामगरः नेपाल–भारत सीमानामा सहज रुपमा आउने व्यवस्था नहुुँदा खुल्ला बोर्डरबाट लुकिछिपि आउने क्रम बढेको र त्यसले थप असुरक्षा बढाएको छ । बरु व्यवस्थित रुपमा नाकाबाट आउने र स्वास्थ्य अवस्थाको जाँच गरे जोखिम न्युनिकरण गर्न सहज हुनेथियो कि ? तेस्रो मुलुकबाट नेपाल आउन चाहने नागरिकलाई नेपाल ल्याउने पहल गरियोस् ।
निरन राईः धनकुुटा जिल्ला अस्पतालाई शिक्षण अस्पताल बनाउने निित कार्यक्रममा समावेश भए पनि नीतिगत रुपमा चालुु हुन सकेन । प्रक्रिया शुरु होस् । नीति तथा कार्यक्रम बजेटमा आएर निररुन्त होस् । योसँगै हालको महामारीका कारण विदेशबाट आउनेको घुुइँचो भयो । धनकुुटा उच्च जोखिममा रहेको छ । स्वास्थ्य केन्द्रको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण । त्यहाँ उपचार गराउन आएका नागरिकको पनि जोखिममा रहेको देखिन्छ । उनिहरु त्रसित छन् । उनिहरुको परिक्षण गर्न माग गर्दछु । धनकुटाबाट पिसिआर गर्न पठाएको नतिजा ६ दिन पछि आउँछ । यसले थप अन्यौल बढाएका छ । प्रदेश सरकारलाई धनकुुटामै ल्याव स्थापना गर्न माग ।
प्रतापप्रकाश हाङगामः ताप्लेजुुङको अस्पतालमा पहिले अस्पताल थियो डाक्टर थिएन । अहिले डाक्टर छन् ब्लड छैन । सरकार समक्ष ब्लड बैँक स्थापना गर्न माग गर्दछ । ब्लड नहुँदा सुत्केरीलाई समस्या भइरहेको छ । दार्चुुलामा यतिका जमिन मिच्दा त्यहाँका मान्छे के हेरेर बसेको थियो ? त्यो जमिन चाँडो फिर्ता गर्नुुपर्दछ ।
राजकुमार ओझाः मकै र धानको सिजनमा यूरिया मल अभाव हुने गरेको छ । सहकारी मार्फत मल ल्याइयो । बढि मुुल्यमा बिक्रि वितरण भएको छ । त्यसको अनुुगमन भएन । किसानमुुखी नीति कार्यक्रम बजेटमा समावेश गर्न आग्रह गर्दछ । मलबीउ सबै आधारभुुत किसानले पाउने गरि कार्यक्रम ल्याउनुुपर्दछ । ठुुला किसानले मात्र अनुुदान पाएको गुनासो आएको छ । त्यो कुरालाइ पुरा गर्न ख्याल गर्नुुपर्दछ । सबै किसानलाई कार्यक्रम पुुगोस् । सीमाका अलपत्र जनतालाई तत्काल घर फिर्ता गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।
लिलाबल्लभ अधिकारीः ऋषिदेव समुुदायको राहतमा सरकारले कार्यक्रम प्राथमिकतामा पारेको देखिएको छैन । तराइका भुमिहिन, जनजाती र पिछडा वर्गलाई राहत दिने कार्यक्रम ल्याउन सरकारसँग माग गर्दछु। मेरो निर्वाचन क्षेत्रमा त्यस्ता थुप्रै नागरिक छन् । तिनिहरुलाई राहतको खाँचो छ । सरकारको ध्यान यता पनि जाओस भन्ने आग्रह छ ।
त्यस्तै पैसा हुनेले पिसिआर टेस्ट गर्न पैसा तिरेर गर्न पाउने व्यवस्थाका लागि समेत सरकारसमक्ष माग गर्दछु।
लिला सुुब्बाः धनकुुटाको बलात्कारको घटनामा संलग्न दोषिलाई हदै सम्मको कारवाहीको माग । ५० वर्ष उमेर नाघेका व्यक्तिले गरिब र दलित भएकै कारण बालिकामाथि यौन हिँसा भएको छ । गर्भवती वालिकाको न्यायको मागलाई सम्बोधन होस भन्ने चाहन्छ । दोषिहरु पहुँचको आधारमा कुुनै पनि हालतमा नछुुटुुन् ।
लोकप्रसाद संग्रौलाः प्रदेशको राजधानी पाएपनि नाम पाइएन । कहिलेसम्म हामी एक नम्बरमा हुने र नाम कायम गर्न किन नसकिएको ? प्रदेश सरकारले सांसदहरुलाई कोभिड जोखिममा वडा अध्यक्षको जत्ति पनि हैसियत दिएन । प्रदेश सांसदलाई न नगरपालिकाले खबर गर्छ, न कुुनै पालिकाले कार्यक्रम भित्र समावेश गरिन्छ । आउँदा दिनमा प्रदेश माननीयको गरिमा कायम गर्ने बारेमा सोचियोस् ।
वलबहादुर साम्सुहाङः फुुङलिङमा वैशाख २१ गते आगलागीमा परि ३२ करोडको नोक्सान भएको छ । ७ घरमा ३२ परिवारको नोक्सान भएको हो । व्यवसायीले लिएको ऋण छुुटका लागि सकारले पहल गरिदिन माग गर्दछुु । पीडितको राहत र क्षतीपुर्तीका लागि माग गर्दछुु । घर बनाउन र पुनः व्यवसायका लागि लोनको व्यवस्थापन गर्न माग गर्दछुु त्यहाँ मानिसहरु पहिरोमा परेका छन् । धेरै घरमा आगोलागी भएको छ । कसरी राहत दिने सरकार गम्भिर बनोस ।
बसन्त कुमार वानियाः झापाको कचनकवल गाउँपालिकामा ४८ जना कोरोना भाइरसबाट संक्रमित भएको अवस्था । ३२५ भन्दा बढि क्वारीन्टाइनमा छन् । १ सय ४३ व्यक्तिको स्वाब परिक्षणको आवश्यता रहेको छ । विरामीको उपचारका लागि सहज प्रबन्ध होस् । सीमा सुरक्षामा सुरक्षाकर्मीको अवस्था नाजुुक छ । भारतबाट आउने नागरिकको कारण संक्रमणको न्उच्च जोखिम छ । व्यवस्थित आगमनको तयारीका साथै स्वास्थ्य परिक्षण भए जोखिम कम हुने थियो कि ?
साथै झापामा पनि कोभिड १९ को अस्पताल बनाउन पनि माग गर्दछुु ।
विन्दिया कार्कीः कोरोना सँक्रमण भएको नभएको बारे अन्यौल कायम छ । अहिलेपनि शंका लागेको छ । सरकारले ढाटिरहेको छ की ? पिसिआर परिक्षणलाई प्राथमिकता दिन आग्रह गर्दछु ।
विमल कार्कीः बसाइ व्यवस्थापनमा असन्तुुलन भएको छैन । पहाड रित्तिएका छन् । तराइमा मान्छे थुप्रिरहेका छन् । बसोबासको यो असन्तुुलनलाई गम्भिर भएर नियन्त्रण गर्न बजेटले कार्यक्रम लिएर आओस् भन्ने माग गर्न चाहन्छुु ।
चुरे संरक्षणको लगानीले उपलब्धिमुुलक काम हुुन सकिरहेको छैन । कृषिमल सहज पाउने व्यवस्थाका लागि माग गर्दछु । कृषि मल आयात गर्ने जिम्मेवारी निजि क्षेत्रले पाए देखि अहिलेको जस्तो हाहाकार हुने थिएन ।
शिवनारायण गनगाईः आरडिटि टेस्ट परिक्षण छैन । पिसिआर परिक्षणलाई निरन्तरता दिन माग गर्दछ । प्रदेश सरकारले दिएको राहत पालिका तहलाई पर्याप्त छैन । नाकालाई व्यवस्थित भएको छैन । भित्रि नाकाबाट नेपाली छिरिरहेको छ । तुरुन्त नाका व्यवस्थित गर्नुुपर्यो । लुकिछिपि आउँदा समस्या बढिरहेको छ ।
सुयर्माराज राईः विरामीको उपचार र हेरचाहमा ध्यान पुुगेको छैन । शिक्षा स्वास्थ्यलाई सरकारीकरण गर्नुुपर्यो ।नेकपाकी एक जना फरार सांसद कसरी हाँजिर हुुनुुहुुन्थ्यो सरकार, जवाफ चाहियो ।
हिमाल कार्कीः सरकारको आधा कार्यकाल गुज्रिदा पनि एउटा सुविधासम्पन्न संसद हल बन्न सकेन । यसले प्रदेश सरकारको उदासिनता प्रष्ट भयो । एउटै भवनबाट बैठक संचालन हुुनुुपथ्र्यो ।
कोभिड १९ परिक्षणको दायरा बढाउनुुपर्ने देखिएको छ । प्रदेश सांसदको भुमिका गौण बनाइयो । यसले सरकारको उचाइ बढ्छ जस्तो लागेन । उदयपुरका विरामी विराटनगरका अस्पतालले भर्ना लिन मानेन । यस्तो मानवीय हेलचेक्राय हुँदा पनि सरकार बोलेन । मुुख्यमन्त्रीको फोन उठ्दैन । विपक्षी भनेर हो कि ।