धरान: नेपालमा आज थप १७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले १७० जना संक्रमित भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या १२१२ पुगेको पनि उनले जानकारी दिए ।

यस्तै, भारतबाट आउदै गरेका ३५ बर्षीय अर्घाखाचीको एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको पनि डा.देवकोटाले जानकारी दिए । उनको जेठ १० गते निधन भएको र ११ गते नै नमुना संकलन गरिएको थियो । हिजो संक्रमित भएको रिपोर्ट आएको र उनको सम्पर्कमा रहेका सबैको नमुना लिने कार्य भइरहेको पनि डा.देवकोटाले बताए । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।