धरान: दोलखाका एक जना ७६ बर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ती व्यक्तिको उपचारको क्रममा शिक्षण अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरे । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पनि उनले बताए । डा.देवकोटाका अनुसार हेरोरेजिक स्ट्रोक भएपछि उपचारको लागि काठमाण्डौं मेडिकल कलेजमा जेठ १३ गते भर्ना भएका थिए । उनको १५ गते स्वाब लिएर परीक्षण गरेपछि रिपोर्ट पोजेटिभ आएको थियो भने उनलाई शिक्षण अस्पतालमा सिफ्ट गरेर आइसियुमा उपचाररत रहदा आज मृत्यु भएको पनि डा.देवकोटाले बताए ।