धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै पुरुष हुन् । उनीहरु सबै झापा जिल्लाका हुन् । डिस्चार्ज भएका व्यक्तिहरुको उमेर १८ बर्षदेखि ५६ बर्ष उमेर समुहका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना संक्रमितहरु उपचाररत अवस्थामा छन् । सबैको अवस्था सामान्य रहेको पनि डा.सापकोटाले जानकारी दिए ।