धरान: दिदीको घरमा बस्दै आएका १६ बर्षीय मनिराज राई सेउती खोलामा मृत अवस्थामा भेटिएका छन् ।
उनी धरान १४ विजयपुरमा आफ्नी दिदीको घरमा बस्दै आएका थिए । उनी आज बिहान विजयपुरको झेलुङ्गे पुल मुनि मृत अवस्थामा भेटिएका हुन् । बिहान मर्निङ वक गर्न जानेहरुले उनलाई मृत अवस्थामा भेटेपटि प्रहरीमा खबर पुगेको थियो । मृतकको खास घर धरान ४ स्थित दानाबारी क्षेत्र भएको बताइएको छ ।
उनी विगत ६ बर्षदेखि दिदीको घरमा बस्दै आएको खुलेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ओलीका अनुसार मृतक एवं घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ । ‘बुबासँग विजयपुरमा दिदीको घरमा बस्दै आएको भन्ने अहिलेसम्म खुलेको छ,’उनले भने,‘बिहान मर्निङवक जानेहरुले देखेपछि खबर भएको छ, मृत्यु के कारणले भएको हो भनेर अनुसन्धान शुरु गरेका छौं ।’