धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानका अनुसार डिस्चार्ज भएका सबै झापा जिल्लाका पुरुषहरु हुन् । उनीहरुको पिसिआर जाँच नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा अब ३२ जना संक्रमित उपचाररत अवस्थामा छन् । ती मध्ये ८ जना नयाँ हुन् भने २४ जना पुराना व्यक्तिहरु हुन् ।