धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर आज डिस्चार्ज भएका छन् ।

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । डिस्चार्ज भएकाहरु तेह्रथुम, धनकुटा र सुनसरीका हुन् । डिस्चार्ज हुनेहरु २० देखि २९ बर्षका छन् । उनीहरु तीनै जना जेठ २२ गते भर्ना भएका थिए । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार हालसम्म १ सय ३ जना व्यक्तिहरु निको भएर डिस्चार्ज भइसकेका छन् भने २१ जना संक्रमित व्यक्तिहरु उपचारार्थ रहेका छन् ।