धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण पहिचान गर्न अब अनुमति प्राप्त निजी ल्याबहरुले पनि पिसिआर जाँच गर्न पाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी ल्याबमा गरिएको परीक्षणको खर्च पनि सरकारले नै व्यहोर्नेछ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले मन्त्रालयको स्वीकृति लिएको पिसिआर जाँचको नमुना आवश्यक प्रक्रिया पुरा गरेर निजी ल्याबलाई पनि जाँच्ने व्यवस्था गरिएको बताए । ‘यसमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरिएको छ,’उनले भने ।