धरान: मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा निर्माण गरिएको कोभिड–१९ अस्पतालमा आइतबार प्रदेश १ को लेखा समितिले अनुगमन गरेको छ ।

अनुगमनको क्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीहरु पर्याप्त नभएको पाइएको छ । लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईका अनुसार अनुगमनको क्रममा आवश्यकता अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री कोभिड-१९ अस्पतालमा उपलब्ध छ्रैन । अस्पतालमा मापदण्ड अनुसार आइसोलेसन नभएको पनि उनले बताए । ‘मापदण्ड अनुसार अस्पताल सञ्चालनमा ल्याउन लेखा समितिले सरकारलाई आवश्यक निर्देशन दिनेछ,' संयोजक गनगाईले भने ।

purwanchal,goathgaun

हाल अस्पतालमा १ सय १६ जना संक्रमित भर्ना भएका छन् । अस्पतालमा हाल २ जना डाक्टर र ३ जना स्टाफ नर्स मात्रै रहेक छन् । विश्वविद्यालयका डिन डा.शैलेशमणी पोखरेलका अनुसार प्रदेश सरकारसँग थप ३ जना डाक्टर र २ जना नर्स उपलब्ध गराउन माग गरिएको छ । अस्पतालको क्षमता १ सय २५ रहेको पनि उनले बताए । डिन पोखरेलका अनुसार संक्रमित भए पनि लक्षण नभएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने बताए । यो अस्पताल लेभल १ अस्पताल मात्रै भएकोले उपचार पनि गर्ने भए लेभल २ मा स्तरोन्नति गर्नुपर्ने उनले बताए ।