धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा पछिल्लो पटक मोरङका २५ जना संक्रमित भर्ना भएका छन् । उनीहरु हिजो संक्रमित पुष्टि भएका थिए ।

प्रतिष्ठानमा हाल ४९ जना संक्रमितहरु उपचाररत रहेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए । हालसम्म प्रतिष्ठानबाट ११० उपचार भई डिस्चार्ज भइसकेका छन् ।