धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ७ हजार भन्दा बढी पिसिआर परीक्षण भइसकेको छ ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आजको दिनसम्म ७३५५ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्ये ७१४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २०८ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको पनि प्रतिष्ठानस्थित माइक्रोवायोलोजी ल्याबले जनाएको छ । प्रतिष्ठानमा प्रदेश १ का जिल्लाबाट मात्र नभै प्रदेश २ बाट पनि परीक्षणको लागि स्वाब आउने गरेको छ । प्रदेश २ को पनि सिरहा, सप्तरी जिल्लाबाट बढी मात्रामा स्वाब आउने गरेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानमा आज पनि एक जना कोरोना संक्रमित युवा निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका अनुसार झापाका २७ बर्षीय पुरुष निको भएपछि आज डिस्चार्ज भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । उनका अनुसार पिसिआर पिरोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । प्रतिष्ठानमा अझै ७२ जनाको उपचार भइरहेको छ । हालसम्म प्रतिष्ठानबाट ११५ जना व्यक्तिहरुको उपचार पश्चात निको भएर डिस्चार्ज भइसकेका छन् ।