विराटनगरः नेपाली कांग्रेसले प्रदेश एककाे सदन अवरूद्द गरेकाे छ ।
संदकाे वर्खे अधिवेशन चलिरहेकाे बेला संसदमा उठेका प्रश्नकाे जवाफ मुख्यमन्त्रीले दिनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद अवरूद्द गरेकाे हाे । सभामुख प्रदीप कुमार भण्डारीले बैठक दश मिनेटका लागि स्थगित गरेका छन् ।
सभामुखले बैठक प्रारम्भ भएकाे जानकारी दिएसँगै विपक्षी दलका सांसदले उठेर बैठक अवरूद्द पारेका थिए । सभामखु भण्डारीले बस्न अनुराेध गर्दा पनि काँग्रेसका सांसदहरू नबसेपनि एक जनालाइ अाफ्ना कुरा राख्न समय दिएका थिए । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सचेतक केदार कार्कीले प्रदेश सरकारले अाफ्ना नागरिककाे जवाफदेहेता लिन नसकेकाे भन्दै प्रश्न गरेका थिए । उनले काठमाण्डाै जान काेभिड १९ परिक्षण अनिवार्य गर्नुपर्ने तर, यहाँ अाउन गर्न नपर्ने कुराले नागरिकले दुख पाइरहेकाे भन्दै संघीय सरकारसँग प्रदेश सरकारले अधिकार लिन नसकेकाे बताए ।
उनले प्रश्न गर्दै 'भने प्रदेशकाे अान्तरिक मन्त्रालयकाे सचिव सिडिअाे भन्दा माथि हुन्छ । तर, उसले काठमाण्डाै जानुपर्याे भने सिडिअाेकाे अनुमतीले अनिवार्य चाहिन्छ ।' कार्कीले प्रदेश सरकार सिडिअाे भन्दा मुनी हाे कि भन्दै प्रश्न गरे । गरिब निमुखा जनता काठमाण्डाै जान परे सिडिअाेकाे पहुँच सम्म पुग्न नसक्ने भन्दै यस्ता कुरामा प्रदेश सरकारकाे तर्फबाट मुख्यमन्त्रीकाे प्रतिबद्दता चाहिएकाे काँग्रेसकाे भनाइर् छ ।
सरकारकाे तर्फबाट स्पष्ट प्रतिबद्दता नअाए संसद निरन्तर अवरूद्द हुने काँगेसले बताएकाे छ । साथै काँग्रेसले यहि वर्खे अधिवेशनमा प्रदेशकाे नाम ताेक्न प्रतिबद्दता समेत मागेकाे छ ।