विराटनगरः प्रदेश एकमा भारतबाट १२ हजार बढि नागरिक स्वदेश भित्रिएका छन् । प्रदेश एक प्रहरी कार्यालय रानीका अनुसार लकडाउन बढेसँगै नेपाल आउने नागरिकको सँख्या हालसम्म १२ हजार  २ सय ३४ रहेको छ ।

प्रदेश प्रहरीकार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाकाअनुसार ति नागरिक मुख्यगरि झापाको काकडभिट्टा नाका हुँदै प्रवेश गरेका हुन । विराटनगरको रानी नाकाबाट भने हालसम्म २८ सय २६ नागरिक भित्रिएको रेकर्ड रहेको छ । अधिकाँश नागरिक तोकिएकै नाकाबाट आए पनि केहि नागरिक लुकिछिपि खुल्ला सीमाबाट नेपाल प्रवेश गरेका हुन् । उनिहरुलाई प्रहरीले पक्राउ गरि रेकर्ड राखेको हो भने बाँकि स्थानीय पालिकाले आफ्नो क्वारेन्टिनमा लिएरगएकाहरुको रेकर्ड हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार प्रदेश सरकारसँगको सहकार्यमा नेपाल आउने नेपाली नागरिकलाई उचित स्वास्थ्य परिक्षण गरेर होल्डिङ एरियामा राख्ने गरिएको छ । रानी नाकाबाट भित्रिने नागरिकलाई डिएभी स्कुलको होल्डिङ एरियामा राख्ने गरिएको छ भने आदर्श स्कुलमा तयार पारिएको होल्डिङ एरिया अहिलेसम्म प्रयोग गर्नुपर्ने अवस्था आएको छैन ।

नेपालबाट भारत जाने नागरिक भने हालसम्म २० हजार ९ सय १४ रहेका छन् । उनिहरू झापा, माेरङ र सुनसरीका विभिन्न उद्याेगमा काम गर्थे । भुजेलकाअनुसार सोचेजस्तो नागरिकको चाप नभएको हुँदा आएका नागरिकलाई व्यवस्थापन गर्न प्रशासनलाई सहज नभएको छ । होल्डिङ एरियामा निश्चित समय विताइ सके पछि ति नागरिकलाई निश्चित पालिका प्रतिनिधिसँगको रोहोवरमा लगिन्छ ।

आज नयाँ १५ संक्रमित सहित प्रदेश एकमा ४ सय ६३ जनामा कोरोना देखिएको छ भने आजै धरानमा १३ र विराटनगरमा १० जना कोरोना सँक्रमण मुक्त भएका भन् । यसरी कोरोना जीतेर घरफर्किनमा प्रदेश एकमा २ सय ७६ रहेको छ ।