विराटनगर: प्रदेश १ स्थित मोरंगको गोठगाउँस्थित आइसोलेसन सेन्टरबाट ७० जना कोरोना संङ्क्रमित निको भएपछि आज बिहिबार डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९ जना छन् भने सुनसरीका २० जना छन् । यस्तै, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १/१ जना डिस्चार्ज भएका हुन् । विहिबार डिस्चार्ज हुनेहरु जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेशमणि पोखरेल,स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले विदाई गरेका थिए । विहिबार ७० डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ ।