विराटनगर: प्रदेश १ मा कोरोना जाँच गर्ने थप दुई ल्याब स्थापना गरिएको छ ।

धनकुटा जिल्ला अस्पताल र मेची अस्पतालमा ल्याबको स्थापना गरिएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा ल्याब स्थापना गरिएको थियो । दैनीक १ हजार नमुना परिक्षण गर्ने क्षमता भएका ३ ल्याबबाट प्रदेश एक र दुईका विभिन्न स्थानबाट ल्याइएका कोभिड १९ का नमुना परिक्षण गरिएको थियो ।

पछिल्लो समय नमुना सँकलनको दायरा बढाएसँगै प्रदेश सरकारले ल्याब समेत बढाउने उद्घोष गरेको थियो । थप दुई ल्याब चिन सरकारमार्फत प्रदेश १ लाइ अनुदान आएपछि प्रदेश एकले ल्याब विस्तार गर्ने अवसर पाएको हो । उक्त ल्याबको क्षमता प्रति ल्याब दैनीक ३ सय नमुना परिक्षण गर्ने रहेको बताइएको छ ।