धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमणमुक्त भएर आज ८ जना व्यक्तिहरु डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरु सबै मोरङ जिल्लाको भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार डिस्चार्ज भएकाहरु जेठ ३२ गते, असार १ र २ गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनीहरु सबै पुरुष हुन् । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा.सापकोटाले जानकारी दिए ।
हालसम्म प्रतिष्ठानबाट डिस्चार्ज हुनेहरुको संख्या १८५ पुगेको छ । यस्तै, डा.सापकोटाका अनुसार आज आज थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन् । योसँगै प्रतिष्ठानमा उपचाररत संख्या ३१ रहेको छ ।