विराटनगर–कोरोना संक्रमणमुक्त भएर प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९ जना, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५ सय ७१ पुगेको छ ।
प्रदेश १ मा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको पथरीशनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकासमन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २४ पुगेको छ ।