धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १५ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा ९ बर्षका बालकदेखि ५० बर्षसम्मका व्यक्तिहरु छन् । डिस्चार्ज हुनेमा ९ पुरुष र ६ जना महिला छन् । डिस्चार्ज हुनेमा झापाका १२ जना छन् भने सुनसरी, दिक्तेल र महोत्तरीका एक एक जना छन् ।

प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा नयाँ भर्ती भएका छैनन् भने हाल १३ जना मात्र उपचारमा रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानबाट हालसम्म २५४ जना उपचार पश्चात निको भएर डिस्चार्ज भइसकेका छन् । प्रतिष्ठानमा हालसम्म ११ हजार ६ सय ६६ जनाको पिसिआर परीक्षण भइसकेको सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए ।