विराटनगर: प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४-४, मोरंगमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २-२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरि, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ भने उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । यस्तै, प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ महिला र १० पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ५६ पुगेको छ ।