धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित व्यक्ति भर्ना भएका छन् ।

योसँगै प्रतिष्ठानमा हाल उपचाररत कोरोना पोजेटिभको संख्या १६ पुगेको छ । उनीहरुलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा प्रतिष्ठानबाट केही पनि डिस्चार्ज भएको छैन । अहिलेसम्म यहाँबाट डिस्चार्ज हुनेको कुल संख्या भने २६७ पुगेको छ ।

यस्तै, प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या २ पुगेको छ । दुवै जना प्रदेश २ का संक्रमित हुन् । हिजो साँझ महोत्तरीका एक संक्रमितको मृत्यु भएको थियो भने यसअघि सप्तरीका वृद्धको मृत्यु भएको थियो ।