इटहरीः मास्क नलगाइ हिँड्ने यात्रुलाई इटहरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सरकारले लकडाउन खुल्ला गरेपछि सँक्रमणको जोखिम नघटेको हुँदा समुदायमा थप सचेत बन्न सर्वसाधारणलाई सचेतना स्वरुप नियन्त्रणमा लिएर सम्झाएर पठाउन शुरु गरिएको हो इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

भण्डारी आँफै सिभिल पोसाकमा सडकमा निस्किएर मास्क नलगाउने व्यक्तिको निगरानी बढाएका छन् । इटहरी पूर्वलाइन इलाका प्रहरी कार्यालय इटहर अगाडी पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्ने यात्रु र पैदल यात्रुलाई प्रहरीले निगरानी बढाएको छ ।
आज विहानदेखि शुरु गरेको यो अभियान नेपाल सरकारको आदेश बमोजिम भएको भण्डारीको भनाई छ ।

सवारी साधानमा यात्रा गर्ने र पैदल यात्रा गर्ने अधिकाँश व्यक्तिले मास्क नलगाएको पाइएको छ । सरकारले लकडाउन खुल्ला गरेपछि चौक, बजारमा ठुलो भिड हुन थालेको छ भने सडकमा सवारी साधानको चाप ह्वात्तै बढेको छ । यसरी भिड बढेपनि कोभिडबाट बच्न सघाउ पुुर्याउने मास्क नलगाउन हेलचेक्राइ हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।

Itahari police clickdharan (1)