विराटनगर: प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गरे । पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने बताए ।

पीसीआर मेसिन थपिएसँगै समुदायस्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताए । उनले प्रदेश १ लाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । मुख्यमन्त्री राईले कोरोना नियन्त्रणमा आएर सरकारले लकडाउन अन्त्य नगरेकाले अझै पनि सावधानी अपनाउन आवश्यक रहेकोमा जोड दिए । स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमूना संकलन गर्न सक्ने क्षमता भएको बताए ।