विराटनगरः विराटनगर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।
काेभिड १९ काे जाेखिम बढ्दाे क्रममा रहेकाे निस्कर्षसहित आज बसेकाे नगरकाे काेराेना राेकथाम उच्चस्तरीय समितिकाे बैठक सम्पन्न भएकाे हाे । उक्त महानगरपालिका भित्र मास्कलाइ अनिवार्य गरिएकाे छ भने नलगाउनेलाइ पहिलाे पटक १० रूपैया दिएर अाँफै उपलब्ध गराउने र दाेस्राे पटक पनि नलगाएकाे पाइए कारवाही गर्ने निर्णय गरेकाे छ । नगर प्रमुख भिम पराजुलीका अनुसार जनतालाइ सुरक्षित रूपमा बस्न आग्रह गरिएकाे छ भने केहि दिनपछि गर्न सकिने कामलाइ थाती राखि नगरका कार्यालयलाइ कम भिड गराउन आग्रह गरिएकाे छ ।
त्यस्तै बजार पसलमा अनावश्यक भिड नगर्न र पसलमा स्वास्थ्य सचेतनाका उपाय अविलम्व प्रयाेग गर्न निर्देशन गरिएकेा छ । यदि पसल सँचालकले उक्त नियम नमाने नगरले बनाएकाे अनुगमन समितिले माेनिटरिङ गर्ने र सीमित समय सम्मका लागि बन्द गर्नेसक्ने निर्णय गरेकाे हाे ।
पछिल्लाे समय विराटनगरकाे विराट नर्सिङ हाेममा कार्यारत चिकित्सकलाइ काेराेना सँक्रमण भएपछि अस्पाल सिल गरि सेवा बन्द गरिएकाे छ । त्यस्तै मुख्यमन्त्री शेरधन राइले समुदायमा काेरानेा पुगिसकेकाे भन्दै सचेतन रहन संसदमा आग्रह गरेका थिए । प्रदेश एकमा समुदायमा काेराेना प्रवेश गर्याे भन्ने जिम्मेवार व्यक्तीले भनाइले सचेत रहन संकेत गरेकाे छ ।