विराटनगरः पछिल्लो एक साता यता विराटनगरमा अशोभाविक रुपमा कोराना सँक्रमण देखिएपछि विराटनगर महानगरले नयाँ रणनीतिमा अभियान चलाएको छ । दैनीक सेवा स्थगित गरेरै कोरोना रोकथाम र व्यवस्थापनमा जुुटेको महानगरटीमले अहिले नियमित बजार अनुुगमन र प्रचारको कामलाई तीव्रता दिएको छ ।
तर, बजार क्षेत्रमा सर्वसधारणमा भने गम्भिरता नदेखिएको उपप्रमुख इन्दिरा कार्कीले गुुनासो गरिन् । आइतवार मात्र प्रदेश १ मा ३१ सँक्रमित थपिदा विराटनगरका २२ सँक्रमित थपिएका थिए । आइतवार विराटनर्सिङ होममा ३ नर्स र कोशी अस्पतालमा १ चिकित्सकसहित थप १ नर्समा थप कोरोना पोजिेटिभ देखिएको छ ।
समुुदाय तवरमा प्रष्ट रुपमा फैलिएको कोरोना सँक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा मेयर भिम प्रसाद पराजुली आइतवार दिनभर कर्मचारी र विज्ञहरुसँग परामर्शमा व्यस्त थिए भने उपमेयर कार्की बजार अनुुगमनमा निस्किएकी थिइन् । उनले जनतामा कोरोनाको भइ भए नभएको र नगरले कस्तो रणनीति तय गर्ने भन्ने बारे मेयरसँग बस्ने बैठकमा आफ्नो राय राख्न बजार निस्किएको जानकारी दिइन् । ‘कोरोना नियन्त्रण गर्न एक्लैले सम्भव नै छैन ।’ कार्कीले भनिन् ‘अनियन्त्रित बनिरहेको यो सक्रमण नियन्त्रण गर्न हामी जति गम्भिर छौँ, त्यसैगरि पब्लिक पनि सचेत हुनुपर्यो । ’
विराट नर्सिङ होम अस्पतालका चिकित्सक र व्यवस्थापकमा कोरोना सँक्रमण देखिएपछि सँक्रमण पुष्टि भएको ३ दिनसम्म पनि उक्त कुरा गुुपचुुप रहेको थियो । महानगरको टीमले अस्पताल सँचालक तथा चिकित्सक ज्ञानेन्द्रमान सिँक कार्की नै सँक्रमित भएको पुष्टि भएको हुँदा त्यहाँ सँचालित सेवा निर्वाद रुपमा सुचारु भइरहेको भन्दै गम्भिरतापूर्वक नलिएको ठहर गर्दै महानगरपालिकाले साउन ८ गते अस्पताल सिल गरिदिएको थियो ।
अस्पतालमा कार्यरत ४ सय कर्मचारीमा सँक्रमणको पुुर्ण जोखिम रहेता पनि आइतवारसम्मा २ सय ५० को मात्र पिसिआर परिक्षण भएको छ । समुुदाय तहमा कोरोना पुगिसकेको र विराटनगर बाहिर नगएको व्यक्तिमा यसको प्रकोप फैलिइसके पछि सँक्रमितको सँख्या दिनहुुँ बढ्ने निश्चित छ । महानगरले प्रदेशसरकारसँग समन्वय गरेर पिसिआर जाँचको दर बढाउन आग्रह गरिसकेको छ भने आइसोलेटेड अस्पताल थप्न माग गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।