इटहरीः बिहिवार इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालको प्राङगणमा जिल्लाको सिसिएमसीको बैठक संचालन गरिरहेको थियो ।
कार्यलय समयसम्म बैठक चलिरहँदा यता नगरपालिकाको परिसरमा भने कर्मचारीहरू आउने क्रम जारी थियो । धेरै हतास मनस्थितिमा देखिन्थे । कतिलाई किन असहज दृष्य देखिएको छ, पत्तै थिएन । उनीहरूमा अब के गर्ने, कार्यालयमा रहेर काम गर्ने कि घरजाने भन्नेमा दोधार देखिन्थे ।
सहकर्मी एक इन्जिनियरलाई कारोना पोजेटिभ देखिएपछि इटहरी उपमहानगरले अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । यता कर्मचारीमा भने भय उत्पन्न भएको छ । कारण, सँक्रमित कर्मचारी हिजोसम्म कार्यालयमा काममै थिए । उनी प्रायः सबै विभागमा पुगेका थिए । मेयर द्वारिकलाल चौधरीसँग बैठक गरेका उनले कहाँ कहाँ पुगेर कसकसलाई भेटे भन्ने बारे हिस्ट्रि लिन काम भएको छ । संक्रमित व्यक्ती इटहरी छाडेर कहिँ नगएको पाइएको छ । इटहरीमा जोखिम बढेको भन्दै स्वास्थ्य प्राविधिकले सतर्क रहन आग्रह गरेका छन् ।