इटहरीः इटहरी प्रहरीले आगा लगाइ ज्यान मार्न खोजेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ६ का प्रशान्त भन्ने सन्तोष खड्का रहेका छन् ।
निजले ग्याँस गोदाम रहेका भण्डारणमा आगो लगाइ ज्यान लिन खोजेको जाहेरीमा उल्लेख गरेबमोजिम आरोपित पक्राउ परेको प्रहरी निरिक्षक मान बहादुर श्रेष्ठले जानकारी दिएका छन् । खड्काले गत असार २९ गते ग्याँस डिलरमा आगो लगाउने प्रयास गरेका थिए ।
यदीत्यो आगा लागेको थियो भने इटहरीमा ठुला दुुर्घटना निम्तिन्थ्यो । श्रेष्ठले भने धन्न बेलैमा सबैल थाहा पाएर आगो नियन्त्रणमा लिएका थिए र ठुलो क्षती हुन पाएको थिएन ।
उक्त घटनापश्चात खड्का फरार थिए । उनलाई प्रहरीले खोजिरहेपनि भेट्टाउन सकेको थिएन । हिजो फेला पारेको प्रहरीले थप अनुसन्धानका लागि आज अदालतबाट म्याद थप गराएर ल्याएको छ। उनलाइ कर्तव्य जान मुद्धाअन्तर्गत अनुुसन्धान अघि बढाइएको छ ।
श्रेष्ठका अनुसार आरोपित र पीडित दुुबै अलग अलग घरमा बस्छन् । खड्काले आफ्नो भाइलाइ कुटपिट गरेको आधारमा चौधरीले सँचालन गरेको ग्याँस पसलमा आगो लगाउने प्रयास गरेका थिए । चौधरीहरु सो ग्याँस पसलको माथिल्लो तालमा बस्छन् ।