धरान: कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासनले आज(मंगलबार) बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । हिजो(सोमबार) जिल्ला सुरक्षा समितिको निर्णय वमोजिम जिल्ला भरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । कोभिड १९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र संक्रमण फैलिन नदिन यस्तो निर्णय लिइएको प्रजिअ आचार्यले बताए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण ऐन २०२० को दफा २ वमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

यो अवधिमा राजपत्रमा तोकिएको औषधी पसल, फलफुल तथा तरकारी, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओासारपसार गर्ने तथा पुर्वाधार निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधन, कृषि तथा पशुजन्य उत्पादनको ढुवानीलगायत अत्यावश्यक सेवाहरु भने निर्वाध चल्न पाउनेछन् । अत्यावश्यक सेवाबाहेकका अन्य सेवा तथा स्थलहरुको सञ्चालन, अनावश्यक आवतजावत, हिडडुल भने जिल्ला भरि निषेध गरिएको छ । सप्तरीमा पछिल्लो समय कोभिड १९ को संक्रमितहरुको संख्या ५ सय ३१ पुगिसकेको छ भने एक जनाको मृत्युसमेत भइसकेको छ ।

saptari1