धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी युनिट १ मा उपचारार्थ भर्ना भएका एक विरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
जनकपुरबाट केही दिनअघि पेटको उपचार गर्न आएका अन्दाजी ७१ बर्षका व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनलाई सर्जरी युनिट १ बाट आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि उनले बताए । प्रवक्ता डा.सापकोटाका अनुसार समुदायमा संक्रमण फैलिएको ठाउँबाट आएको हुनाले ती विरामीलाई सर्जरी वार्डमा पनि आइसोलेसन क्याविनमा नै राखिएको थियो । ‘उहाँलाई शंका गरेर नै क्याबिनमा राखिएको थियो, पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिदैछ,’उनले भने ।