विराटनगरः प्रदेश १ काे एक्लाे महानगर विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रदेश १ सरकारप्रति असन्तुष्टि पाेखेका छन्।
उनले साेमवार साँझ फेसबुकमा एउटा स्ट्याटस राख्दै पिसिआर परिक्षणकाे नजिताकालागि कसकसलाइ चाकडी गर्नुपर्ने हाे गुनासाे पाेखेका थिए । उनले काराेनाकाे पछिल्लाे अवस्थाप्रति सरकार गम्भर नभएकाे जिकिर छ । प्रदेश सरकारले समन्वय गरिदिए चाँडाे काेराेना नियन्त्रणमा सहज हुने विश्वास सहित व्यक्तीपिच्छे सरकार गुहार्दा समेत गम्भिर नपाएकाे उनकाे भनाइ छ ।
पछिल्लो समय विराटनगरको एकै वडामा ५० भन्दा बढि सँक्रमित फेला परेपछि नगर एक्लैले कोरोना नियन्त्रण तथा व्यवस्थापन काम गर्न नसक्ने निस्कर्ष निकालेको थियो । विराटनगरमा प्रादेशिक प्रयोगशाला र कोशी अस्पतालमा गरि दुुइ पिसिआर ल्याव सँचालनमा रहेका छन् । तर, यि दुुबै ल्यावमा पठाइएका नमुुनाको नजिता ५ दिनसम्म नआउँदा स्वाव दिएका नागरिक निराश बनेका छन् भने त्यसो रिस महानगरलाई पोखिरहेका छन् ।
यसैको बदला स्वरुप मेयर पराजुलीले प्रदेश सरकारप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले जनता कोरोनाले आक्रान्त भइरहँदा सरकारका जिम्मेवार व्यक्ति काठमाण्डौ भएर पनि समन्वय नगरेको गुुनासो गरेका छन् । ‘सँघारमै रहेको प्रदेश सरकारले विराटनगरका यो भयावह अवस्था सम्हाल्न सहयोग पुुर्याउँछ भन्ने विश्वास थियो,’ पराजुलीले भने ‘कोरोना रोकथाम र व्यवस्थापनका लागि व्यक्तिपिच्छे सरकार गुहार्दा पनि भने अनुसारको सहयोग पाइएन । बरु उल्टै असहयोग भयो ।’
कोरोना सँक्रमणका हिसाबले विराटनगर हटस्पट बनेको भन्दै पहिले ठुला पहुँचवाला मान्छे भन्दा पनि गरिब जनताको स्वाव टेस्टलाई प्राथमिकतामा राख्नुुपर्ने उनको तर्क छ। ‘ठुला मान्छे र कम्तिमा सचेत हुन्छन्, अलिग जोगिएरै हिँडेका हुन्छन्, यहाँ दिनहुँ भिडभाडमा हिँडिरहनेको स्वाव नलिए भुसको आगो झै कोरोना सल्किने डर भइसक्यो ।’ उनले भने ।
पराजुलीले फेसबुकमा लेखिएको कुरालाई सामान्य मानिवीय स्वभावको अभिव्यक्ति ठानेका छन् । उनले सामान्य तहका जनताको स्वाव प्राथमिकतामा नपरेपछि स्ट्याटस लेखेको जिकिर गरे । हालसम्म विराटनगरमा ३ सय १६ सँक्रमित मध्ये ६९ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।