धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि-पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहेका सभामुख भण्डारीको पुनः आरटि-पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिएका हुन् । परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिए पछि यसअघि पनि सभामुख भण्डारी, परिवार सदस्यसँगै सुरक्षाकर्मी, निजी सचिवालयको पनि पिसिआर परीक्षण गरिएको थियो । त्यसबेला पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएर संक्रमण पुष्टि नभए पनि सभामुख भण्डारी १४ दिनको होम क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिन अवधि सकिए पछि सभामुख भण्डारी र अन्य सदस्यहरुको पुनः पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख स्वकिय सचिव अधिकारीले जानकारी दिएका छन् । परिवारका संक्रमित सदस्य वीपी प्रतिष्ठानको आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको सचिवालयले जनाएको छ । साथै, समुदायस्तरमा कोरोना संक्रमण फैलदो अवस्थामा रहेकोले स्वास्थ्य सुरक्षाको उपायहरु अवलम्बन गर्दै आफु, आफ्नो परिवार र समुदायलाई संक्रमणबाट जोगाउन पनि सचिवालयले आग्रह गरेको छ ।

savamukh-press