विराटनगरः विराटनगर महानगरपालिकाले थप ५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ ।

नगर प्रमुख भीम पराजुलीका अनुसार समुदायमा फैलिएकाे काेराेना सँक्रमणकाे अवस्था अझै नियन्त्रणमा नआएकाे भन्दै लकडाउन थप्नुपरेकाे जानकारी दिए । विराटनगरमा  गत साउन १६ गते २ हप्ताका लागि लकडाउन गरेको थियाे । भाेली यसकाे समय सीमा सकिदै गर्दा बजार क्षेत्रकाे अवस्थ्ालाइ मध्यनगर गर्दै लकाउन अवधि बढाउने नगरले निर्णय लिएकाे हाे ।

नगरप्रमुख भीम पराजुलीले समुुदायमा फैलिएको संक्रमण अझै नियन्त्रणमा नआएको निस्कर्षसहित थप भदौ ५ गतेसम्म लकडाउन थप्ने निर्णय भएको जानकारी दिए ।Biratnagar-lockdown

एकैदिन ६० संक्रमित थपिए

प्रदेश १ मा बिहिवार १ सय १५ सँक्रमित थपिदा विरानगरका मात्र ६० व्यक्ति थिए । यो हालसम्मकै उच्च तथ्याँक हो । यो बढेको तथ्याँकसँगै झस्केको महानगरले कोरोना नियन्त्रण र व्यवस्थापनको नयाँ रणनीति तय गर्ने बताएको छ ।

अझै मानिसको आवतजावतलाई नियन्त्रण गर्न भन्दै महानगरले थप लकडाउन बढाएको हो । विराटनगरको मुुख्य तरकारी किनबेच हुने गुद्री बजारबाट अनियन्त्रीत रुपमा फैलिएको कोरोनालाई नियन्त्रमा लिन उक्त क्षेत्र सील गरिएको छ । नगरका विभिन्न सँक्रमित वडालाई विशेष निगारी राखेर महानगरले कोरोना नियन्त्रणको अभियान चलाइ रहेको मेयर पराजुलीले जानकारी दिए । विराटनगरका  ४ सय १५ कोरोना सँक्रमित मध्ये ६१ जना कोरोनामुक्त भएको महानगरले जानकारी दिएको छ ।