विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो ।

स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना भएनभएको एकिन नभएको र पछि पिसिआर परिक्षण पछि मात्र पत्ता लागेको चिकित्सले बताएका छन् । अस्पताल प्रशासनले निजको स्वाव परिक्षण्का लागि प्रदेश जनस्वास्वास्थ्य ल्याबमा पुर्याइएको थियो ।

यस अघि कोरोना सँक्रमण भएका ४ व्यक्तिको कोशी अस्पतालमा मृत्यु भइसकेको छ ।