धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २ जना नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको एमआइसियुमा कार्यरत २ जना नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठान स्रोतले जनाएको छ । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको थियो । उनकै उपचारमा संलग्न रहेका नर्सहरुमा नै संक्रमण पुष्टि भएको हो । ‘एमआइसियुमा एक जना महिला पोजेटिभ देखिएको थियो, उनकै उपचारमा खटिएका २ जना नर्सको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो,’स्रोतले भन्यो ।