विराटनगर: प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।

सबैभन्दा बढी मोरंग जिल्लामा ९२ जना संक्रमित पुष्टि भएको छ । यस्तै, खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगर महानगरपालिकामा आज ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरि, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुषमा संक्रमण पुष्टि भएको छ भने सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।