विराटनगरः कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर ८ का पुरूष हुन् । उनको साँझ ५ः५० बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए । मृतक मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय हुन् । चिकित्सकका अनुसार उनका फोक्सोमा समस्या रहेको थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि शनिबार राति अस्पतालमा भर्ना गरिएको थियो । कोरानोसँग मिल्दोजुल्दो लक्षण देखिएकोले भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्दा सोमबार बिहान उनको पोजेटिभ रिपोर्ट आएको थियो । कोशी अस्पतालमा यसअघि ७ जना कारोना संक्रमितको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट मोरङमा मात्र मृत्यु हुनेको संख्या ११ पुगेको छ ।