धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक स्टाफ नर्ससहित ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित एक जना नर्स बच्चा विभागमा कार्यरत हुन् । यसअघि एमआइसियुमा कार्यरत नर्सहरुमा संक्रमण पुष्टि भएकोले कन्ट्याक ट्रेसिङ गरेर ती नर्सको पनि स्वाब संकलन गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यस्तै, प्रसुती विभागको एन्टिनेटल वार्डमा उपचार गराउन आएकी २९ बर्षीय गर्भवती महिला र पाठेघर अप्रेशन गर्न आएकी ३५ बर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको डा.सापकोटाले जानकारी दिए ।
उनका अनुसार दुवै धनुषा जिल्लाका हुन् । गर्भवती महिलालाई श्वास फेर्न गाह्रो भएर उपचार गर्न आएकी हुन् भने अर्की महिला पाठेघर अप्रेसन गर्न आएका थिए । दुवैको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र वार्डलाई सेनिटाइज गरिएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।