विराटनगरः कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी विराटनगरकाे काेभिड १९ उपचार केन्द्रकाे व्यवस्थापन हेर्दै आएका थिए । काेराेना सँक्रमण भएका विरामीकाे व्यवस्थान र उपचारमा ध्यान दिइरहेका बस्नेतलाइ मँगलवार काेराेना सँक्रमण पुष्टि भएकाे हाे । उनीसहित अर्का एक कर्मचारीपनि सँक्रमित भएका छन् । एकसाता अघि गोठगाउँ आइसोलेसन केन्द्रमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई पनि संक्रमण पुष्टि भएको थियो । बस्नेतलाइ स्वास्थ्यमा सामान्य समस्या देखिन थालेपनि हाेम क्वारेन्टाइनमा थिए । उनी हाेम क्वारेन्टानमार्फत नै कार्यालयकाे काम गर्दै आएका थिए ।