विराटनगरः गत साउन १४ देखि भदाै ३ गतेसम्मकाे तथ्याँक अनुसार प्रदेश १ मा १३ जना सँक्रमितले ज्यान गुमाएका छन् ।

सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार प्रदेश १ मा १७ जनाकाे मृत्यु भएपनि ४ जना प्रदेश २ का थिए । १३ मध्ये बुधवार मृत्यु हुने धरानकी महिला हुन् भने बाँकि सबै माेरङका संक्रमित रहेका छन् । ति संक्रमित मध्ये काेहि न काेहिलाइ एक राेग भएकाे चिकित्सकले बताएका छन् । राेग प्रतिराेधी क्षमता कम भएका व्यक्तिलाइ काेराेनाले बढि चाप्ने विश्विप्यापी अवस्था रहेकाे छ ।

यूराेपमा लामाे मृत्युदर रहेकाे हुँदा त्यहाँका बृद्दहरू बढि काेराेनाकाे मारमा परे । नेपालमा भने दम, मृटु, फाेक्साे, कलेजाे, निमाेनिया, किड्नीमा समस्या जस्ता दीर्घ राेग रहेकाहरूलाइ काेराेनाले बढि चापेकाे छ । प्रदेश १ मा काेराेना सँक्रमणकै कारण ज्यान गुमाउने पनि यस्तै समस्याले ग्रस्त रहेकाे चिकित्सकले जानकारी दिएका छन् । मृत्युवरण गरेका सँक्रमितकाे स्वास्थ्य अवस्था कस्ताे थियाे ?  क्लिक धरानले याे न्युज रिभ्यू गर्ने प्रयास गरेकाे छः

korona-sab

गत साउन १४ गते प्रदेश १ मा पहिलो सँक्रमितको मृत्यु भयो । मोरङको सुनवर्षी नगरपालिका ८  का ४५ वर्षीय पुरुष लकडाउनकै बीचमा भारतबाट घर आइपुगेका थिए । घर आउँदा सिकिस्त भएका उनलाई साउन १४ गते कोशी अस्पताल पुुर्याइयो । श्वास प्रश्वासमा गम्भिर समस्या देखिएका सँक्रमितलाई एक एम्बुलेन्स चालकको जिम्मा लगाएर तत्काल बीनासमन्वय धरानको विपी प्रतिष्ठानस्थित कोभिड अस्पताल पुर्याइयो ।

धरानमा लेभल थ्री सम्मका सँक्रमित राख्न मिल्ने आइसोलेटेड अस्पताल छ । सँक्रमणको तीन चरणमध्ये अन्तिम अर्थात गम्भिर प्रकृतीको विरामीलाई प्रतिष्ठानमा उपचार गराउने व्यवस्था गरिएको छ । तर, त्यो बेला लेभल थ्री विरामी उपचार गर्ने कक्ष तयार भइसकको थिएन । यद्धपी चिकित्सकले सँक्रमितलाई बचाउने प्रयास सफल भएन । उनको साँझ ५ बजे मृत्युु भयो । उनमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाले प्रतिष्ठानमा समन्वयबीना सँक्रमित भटाभट ल्याउन थालिएकोप्रति आपत्ति जनाउँदै एक विज्ञप्ती नै निकाले ।

मृत्युु भएका ति व्यक्तिको शव २४ घण्टासम्म उठ्न सकेन । कसले व्यवस्थापन गर्ने र कुन एम्बुलेन्सले शव उठाउने भन्ने एकिन नहुँदा सुनसरी र मोरङका प्रशासनहरुबीच तालमेल मिलेन । पछि मोरङले शवबाहन पठाएर शव लिएर गयो । नेपाली सेनाको एक डेडिकेटेड टीमले सो शवको एक दिनपछि मोरङको कानेपोखरीको जंगलमा अन्त्यष्टी गर्यो ।

पहिलो संक्रमितको ज्यान गएको ठिक ५ दिनपछि साउन १९ गते अर्का सँक्रमितको कोसी अस्पतालमा ज्यान गयो । ज्यान जानेमा विराटनगर ५ का ७७ वर्षीय पुुरुष थिए । उनमा उच्चरक्तचाप, डाइवेटिज  र दमको समस्या रहेको कोसीका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए ।
त्यस्तै साउन २१ गते एकैदिन दुुइ सँक्रमितको ज्यान गयो । ज्यान जानेमा विराटनगर ९ का ४५ वर्षीय पुरुष र रंगेली ८ का ४५ वर्षीय पुरुष थिए । विराटनगरका सँक्रमित कलेजोरोगबाट पीडित भएको उनको उपचारमा सँलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन दासकाअनुसार रँगेलीका सँक्रमित पुरुषलाई अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्युु भएको हो । लामो समय देखि दीर्घ रोगलेग्रस्त उनको मृत्युुपछि मात्र कोरोना पोजेटीभ देखिएको पुष्टि भएको थियो । साउन २३ गते विराटनगरका ५८ वर्षीय पुरुषको कोरोना सँक्रमणकै कारण विराटनगरको कोसी अस्पतालमा ज्यान गयो । निमोनियाले ग्रस्त उनको अस्पतालमा कोरोनाको पोजेटीभ रिपोर्ट आउनुपूर्वनै ज्यान गएको दासले बताए । साउन २४ गते विराटनगर ९ का ६३ वर्षीय पुरुषको ज्यान गयो । कोसी अस्पतालमा ज्यान गएको उनमा पनि दीर्घरोग रहेको चिकित्सकको ठम्याइ छ ।

त्यस्तै साउन २८ गते २ सँक्रमितको ज्यान गयो । विपी प्रतिष्ठान धरानमा मोरङको बुढीगँगा २ का ५५वर्षीय पुरुषको उपचारकै क्रममा निधन भयो भने कोसी अस्पतालमा  विराटनगर ५ का ५७ वर्षीय पुरुषको ज्यान गयो । चिकित्सकका अनुसार दुबैमा सुुगर र प्रेसरको समस्या रहेको थियो ।
साउन २९ गते विराटनगरमा ३० वर्षीय युवाको ज्यान गयो । उच्च ज्वरो आएका उनको उपचारका क्रममा निधन भएको थियो । उनको पहिलो स्वाव नेगेटीभ आएपनि कोरोनासँग मिल्दोजुुल्दो लक्षण भएको हुँदा चिकित्सकले दोह्रोर्याएर पिसिआर परिक्षण गराएका थिए नभन्दै उनमा कोरोना पोजेटीभ देखिएको थियो । उनी श्वासप्रश्वास रोगबाट पीडित रहेको अस्पतालका मेसु दासले जानकारी दिए ।

साउन ३१ गते  राती १२ बजे निधन भएको हो । ज्वारो र खोकी आएकी महिलालाई न्यूरो अस्पताल विराटनगरबाट धरान रेफर गरिएको थियो । धरान पुुर्याएको १ घण्टामै उनको निधन भएको प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । चिसिकत्कका अनुसार उनी लामो समय देखि भारतको दिल्लामा उपचाररत थिइन् ।विराटनगर तीनपैनी निवासी उनमा फोक्सो, थाइराइड र मुटुुसम्बन्धि समस्या थियो । त्यस्तै भदै १ गते साँझ५ः५० बजे विराटनगरको केसी अस्पतालमा विराटनगर ८ बस्ने कटहरी १ का ४७ वर्षीय पुरुषको निधन भएको छ । उनमा समेत फोक्सोमा समस्या भएको चिकित्सकले जानकारी दिएका छन् ।

मोरङको बुढीगंगा २ की ६७ वर्षीय महिलाको विपी प्रतिष्ठान धरानमा मँगलवार मृत्यु भयो । विराट मेडिकल कलेज विराटनगरबाट रेफरपश्चात विपी पुुर्याइएको उनमा श्वासप्रश्वासमा समस्या रहेको चिकित्सक निदेश सापकोटाले जानकारी दिए । प्रदेश १ को हालसम्मको पछिल्लो पटक मृत्युु हुने सँक्रमित धरान १५ की ७१ वर्षीय महिला हुन् । उनको आज बिहान ११ः१५ बजे विपी प्रतिष्ठानमा मृृत्युु भएको थियो । दम र मुुटुुको दीर्घ रोगी उनी साउन २४ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारमा सँलग्न चिकित्सकका अनुसार उनमा दम र मुटु रोगसम्बन्धि समस्या थियो ।

korna-mirtyu-clickdharan

यसरी प्रदेश १ मा हालसम्म २ हजार २ सय १०  जनालाई कोरोना हुँदा १३ जना सँक्रमितले ज्यान गुुमाइ सकेका छन् भने १ हजार १ सय २९ जना उपचार पछि घरफर्किएका छन् । मृत्यु भएका सँक्रमितका केहि एक विशेष रोग भएकै कारण कोरोना थप समस्या देखिएर ज्यान गएको विपी प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए । ‘धेरै जस्तो लामो समय देखि दीर्घरोगबाट पीडित कै मृत्यु भएको देखिन्छ ।’ सापकोटाले  भने ‘समयमा औषधी उपचार नपाउँदा र कोरोनाले थप गल्दा सँक्रमितको मृत्यु भएको छ ।’

विराटनगरको कोभिड १९ अस्पतालका स्वास्थ्य सँयोजक डाक्टर दीपक सिग्देलले कुनै पनि रोगको नियमित औषधी सेवन गरिरहेको व्यक्तिको रोगसँग लड्ने क्षमता त्यसै कमजोर भइरहेको हुन्छ । यहि बेला कोरोना लागे रोगप्रतिरोधि क्षमता कमजोर भइ मान्छे फर्किन सक्ने अवस्थामा रहँदैनन् । ‘विश्वमा मृत्यृृदर उच्च भएका मुलुकमा बृद्धहरु बढि परको छन् ।’ उनले भने ‘यस्तो बेला बृद्ध र औषधी खाइरहेका दीर्घरोगीलाई बढि जोगाउनु आवश्यक छ ।’