इटहरीः कोरोना सँक्रमणको जोखिममा रहेका नागरिकको स्वाव लिइए पनि लामो समय नजिता नआएपछि इटहरीमा हल्लिखल्लि भयो ।
इटहरी उपमहानगरपलिाकाका स्वास्थ्य शाखाको अधिकारीले यसबारे सोधपुुछ गरे । गत साउन ३० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको १ सय ३० जनाको स्वावको नमुना हराएको भदौ ३ गते मात्र थाहा भयो । स्वाव इटहरी उपमहानगरापालिकाको मात्र होइन, सीमा छेउ रहेको अति जोखिमयुुक्त पालिका हरिनगराको पनि थियो । प्रतिष्ठानको ल्यावमै उक्त नमुुना हराएको दुुइ पालिकाले दाबी गरेका छन् । दुुबै पालिकाका स्वास्थ्यको टीमले विपी प्रतिष्ठानमा पुुर्याएर आधिकारीक व्यक्तिलाई दिएर फर्केको उनीहरुको दाबी छ । तर, ल्यावमा नमुुना छैन ।
यता कोरोनाको रिपोर्ट कुरेर बसेका जनतामा भने त्रास बढेको छ । इटहरीका रविन घिमिरेले पिसिआर रिपोर्ट समयमा नआउँदा थप मानसिक समस्यामा रहेको बताए । त्यस्तै इटहरी कै दिपेन्द्र रिजालले भने कर्मचारीले गम्भिर हेलचेक्राइ गरेको दाबी गरे । इटहरीका स्वास्थ्य शाखा प्रमुख रामशरण चौधरीले विपीमा पुर्याइएको स्वावको नमुुना प्राविधिक कारणले मिसप्लेस भएको जानकारी दिए । उनले साउन ३० गते लिइएको नमुुनाको पुनः स्वाव लिने काम भइरहेको बताए । ‘हामी अझै स्वाव लिँदैछौँ,’ उनले भने, ‘स्वाव दिनले गल्ति मोवाइल नम्बर दिँदा समस्या भइरहेका छ, ३० गते दिनेले तुरुन्त हामीलाई सम्पर्क गरिदिनुुहोला ।’
इटहरी उपमहनगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले विपीका प्राविधिकको कमजोरीले आफ्नो नगरका जनताले सास्ति खेप्नुु परेको बताइन् । ‘साउन ३० मा दिएको नमुुनाको रिपोर्ट किन आएन भन्दा विपीको ल्यावले जवाफ नै दिन सकेन,’ उनले भनिन्, ‘हामीले आजै सबै व्यक्तिको नमुुना सँकलन गर्न भनेका छौँ, यसको रिपोर्ट २४ घण्टा भित्रै आउस् भनेका छाँै ।’
यता, प्रतिष्ठानले भने इटहरीबाट स्वावको नमुना लिएर आएको एम्बुलेन्स चालकले कसैलाई पनि जानकारी नदिई स्वाव छोडेर गएकोले एक सातासम्म ती स्वाव ल्याबमा नपुगेको जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले सञ्चारकर्मीहरुलाई बताए अनुसार शुरुवातमा स्वाव संकलन गर्ने स्थान परिवर्तन गरिएको र उक्त स्थानमा सुचना टाँसिए पनि एम्बुलेन्स चालकले नहेरी स्वाव सोही स्थानमा छोडेर जादा समस्या भएको प्रतिक्रिया दिएका छन् । झण्डै एक सातापछि ती स्वाव भेटिए पनि काम नलाग्ने अवस्थामा भएको पनि परीक्षण गर्न सकिने अवस्थामा नभएको बताइएको छ ।इटहरीमा हालसम्म २ सय ७ सय ९० जनाको पिसिआर पक्षिण गरिएको छ । त्यो मध्ये ६४ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । सँक्रमितमध्ये २४ जनाका निको भएका छन् । भदौ ३ र ४ गतेको नजिता आउन बाँकि रहेको चौधरीले जानकारी दिए ।