विराटनगर:प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् ।

थपिएका मध्ये सबैभन्दा बढी मोरङमा ५० जना संक्रमित छन् । यस्तै, झापामा १० जना, सुनसरीमा ९ जना र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका संक्रमितमा विराटनगरका मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएकाहरु छन् । ती मध्ये १८ महिला र २४ पुरुष छन् । यस्तै, मोरङको बुढीगंगा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष छन् । सुनसरीको इटहरीका १ महिला र ८ पुरुष संक्रमित छन् भने धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ ।

प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा १ हजार २ सय ६७ पुगेको छ । प्रदेश १ मा आज ८ सय ५ पीसीआर परीक्षण भएको छ । हाल सम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।