धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने व्यक्ति धरान ८ का ६८ बर्षीय हार्डवेयर तथा जग्गा व्यापारी हुन् । उनको अवस्था सिकिस्त भएपछि प्लाज्मा थेरापी पनि गरिएको थियो । उद्यपी उनको ज्यान बच्न सकेन । धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृतक दुई जना पुरुष र एक महिला छन् ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले पहिलो प्लाज्मा थेरापी गरिएका संक्रमितको निधन भएको पुष्टि गरे । उनको साउन २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या विगतदेखि नै भइरहेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । आज साँझ करिब ६ बजेर ३५ मिनेटमा निधन भएको पनि उनले बताए । मृतकको शव व्यवस्थापनको लागि आवश्यक तयारी भइरहेको पनि उनले बताए ।